पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीलाई प्रहरीले ०८२ जेठ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ माघ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पटक पटक पिसावमा समस्या आएपछि बालिकाले आफूमाथि भएको समस्या अभिभावकलाई बताएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
बालिकालाई जेठ १४ गतेदेखि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भर्ना गरेर उपचार थालिएको छ ।