३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा— ४ स्थित थकनीका २८ वर्षीय निरज तामाङलाई प्रहरीले ०८२ जेठ १८ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०८२ वैशाख २ गते तामाङले बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडितले आरोपित बिरुद्ध जेठ १५ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा भएको थियो ।