INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका– २ का ५२ वर्षीय तिर्थबहादुर कामीलाई प्रहरीले ०८२ जेठ १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडितले वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

घटनापछि आरोपित फरार रहेका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते चौतारा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो