राजावादीको आन्दोलनको चौथौ दिन निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई प्रहरीले २०८२ जेठ १८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
राप्रपामा अध्यक्ष कमल थापा, शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, डा. राजिव झा र सरोज तिमिल्सिनालाई गिरफ्तार गरी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएकोमा डा. झा बाहेक अन्य सबै जनालाई जेठ १८ गते राति रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । डा. झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।

यसैबीच राप्रपका सांसद दीपक सिंहलाई पनि प्रहरीले भद्रकाली क्षेत्रबाट गिरफ्तार गरेको थियो । राप्रपा नेपालका अध्यक्ष थापालाई प्रहरीले गिरफ्तार गरी भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसदमा भेट गर्न पुगेका सिंलाई प्रहरीले अमर्यादित व्यवहार गरेको आरोपमा गिरफ्तार गरी केही समय नियन्त्रणमा राखि रिहा गरिएको एसपी अपिल राज बोहोराले बताउनु भयो ।
नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाने क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ ।
प्रधानमन्त्री, सभामुख लगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।