सार्वजनिक स्थलमा जातीय विभेद गरेको आरोपमा दार्मा गाउँपालिका-६, चिप्लेका ४५ वर्षीय गाेविन्द देवकोटा विरुद्ध इलाका प्रहरी कार्यालय, थारमारेमा ०८२ जेठ १५ गते उजुरी दर्ता भएको छ ।
दार्मा गाउँपालिका-६, चिप्लेमा पञ्चेबाजा बजाउन गएका बागचौर नगरपालिका–५, शिवरथका ६५ वर्षीय तिलक दमाई, २५ वर्षीय राजेन्द्र परियार, १६ वर्षीय कमल परियार र १३ वर्षीय निराजन दमाई माथि आरोपितले ०८२ वैशाख २१ गते जातीय विभेद गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, थारमारेमा उजुरी दिएको थियो ।
जातीय विभेद हुनेगरी सार्वजनिक भएको भिडियोका आधारमा उजुरी दर्ता गरिएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर परियारले जानकारी दिनुभयो ।