१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका-२ रामनगर भुटाहाका २९ वर्षीय जावेद साफीलाई जेठ १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ जेठ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा र स्थानीयको सहयोगमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १७ गते गरिएको छ ।