INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका अध्यक्षलाई मोसो दलेर दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादर चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाजुरा जिल्ला बडीमालिका नगरपालिका—७ घर भई धनगढी उपमहानगरपालिका—८ बस्ने ३४ वर्षीय कम्युनिष्ट युवा संगठन नेपालका सदस्य दिनेश साउदलाई ०८२ जेठ १६ गते धनगढीबाट गिरफ्तार गरेको छ ।

पीडित पक्षबाट आएको उजुरीका आधारमा आरोपितहरुको खोजीकार्य गर्ने क्रममा कम्युनिष्ट युवा संगठन नेपालका सदस्य साउदलाई धनगढीबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको र अन्य आरोपितहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सिडएसपी राजकुमार सिंहले बताउनु भयो ।

कम्युनिष्ट युवा संगठन नेपालका कार्यकर्ताहरु चन्दा माग्ने उद्देश्यले जेठ १३ गते गाउँपालिकाको कार्यालयमा आएका र आफू कार्यालय भन्दा बाहिर रहेको समयमा मोसो दलेर दुर्व्यवहार गरेपछि आरोपितहरु विरुद्ध जेठ १३ गते इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिएको अध्यक्ष चौधरीले बताउनु भयो ।

अन्य

भिडियो