गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटिका र नेपाल विद्युत प्राधिकरण कार्यालय क्षेत्रबाट प्रहरीले ०८२ जेठ १५ गते अपराह्न पाँच जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।
एसपी बोहरका अनुसार पर्वत जिल्ला, पैयु गाउँपालिका-५ का २२ वर्षीय घनश्याम न्यौपाने, भारत विहारका २३ वर्षीय ब्रिज मोहन राय, कैलाली घोडाघोडी नगरपालिका-१ का १७ वर्षीय शिवराज जैसी, नुवाकोट बेलकोटगढी नगरपालिका-७ तीनघरेका २६ वर्षीय आशिष लामा र डोटीको के.आई.सिंह गाउँपालिका-५ का २१ वर्षीय पारस राणा रहेका छन् ।
उनीहरूमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरण क्षेत्रबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी विरोध प्रदर्शनमा संलग्न कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लामा र पारस राणालाई घुसपेठ गरेको शंका लागेर प्रहरी वृत्त जनसेवामा राखेको एसपी बोहराले जानकारी दिनु भयो ।
गिरफ्तार भएका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।