१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिपायल सिलगढी नगरपालिका–८ सनडाका ६१ वर्षीय गंगाराम कोलीलाई ०८२ जेठ १२ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले ०८१ फागुन १४ गते राति शिवरात्री मेला हेर्न गएको समयमा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध जेठ ११ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी विनोद शर्माले बताउनु भयो।
घटना केही महिना अगाडि भएको भए पनि पीडित पक्षले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएको थाहाँ पाएपछि आरोपित भागेर भारत जान लागेको अवस्थामा कञ्चनपुर जिल्लास्थित गड्डा चौकीबाट गिरफ्तार गरी जिल्ला ल्याइएको एसपी शर्माको भनाइ छ ।
बालिकाको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।