INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–७ रैकवारका १७ वर्षीय बालकलाई ०८२ जेठ १० गते र सोही ठाउँका २० वर्षीय शुसिल विष्टलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

कृष्णपुर नगरपालिका–७  रैकवारमा आफन्तको विवाहमा आएको बेला पीडित बालिकालाई आरोपितहरुले ललाइफकाइ गरेर बन्धक बनाइ ०८२ जेठ २ गतेदेखि ५ गतेसम्म सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले तीन जनाको नाममा किटानी जाहिरी सहित पाँच जना आरोपित विरुद्ध जेठ १० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश बस्नेतले बताउनु भयो ।

आरोपितहरुमध्येका दुई जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र २७ वर्षीय आरोपित माधव विष्ट सहित तीन जना फरार आरोपितहरुको खोजीकार्य भइरहेको इन्स्पेक्टर बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ११ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

अन्य

भिडियो