INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-४ का २३ वर्षीय गोविन्द विष्टलाई जेठ ९ गते गिरफ्तार गरेको छ।

पीडित महिलालाई आरोपितले ०८२ जेठ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।

पीडित महिलाकाे स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ९ गते गरिएको छ।

अन्य

भिडियो