INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

लक्ष्मिनिया गाउँपालिका-५ बनिनियाकी २० वर्षीया अञ्जली यादवको हत्या गरेका फरार आरोपित निजका पति ४० वर्षीय हरिराम यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जनकनन्दनी गाउँपालिका-४ खजुरीबाट ०८२ जेठ ८ गते गिरफ्तार गरेको छ ।

स्थानीयका अनुसार फागुन १० गते आरोपित पति र पत्नी बिच विवाद भएको थियो । फागुन ११ गते पतिले पत्नी बेपत्ता भएको जानकारी स्थानीयलाई गराएको र फागुन १२ गतेदेखि आरोपित यादव स्वयं पनि बेपत्ता भएका थिए । परिवारका सम्पूर्ण सदस्यहरू एकाएक हराएपछि शङ्का लागि स्थानीयले फागुन १५ गते लक्ष्मिनिया प्रहरी चौकीलाई खबर गरेका थिए । उक्त जानकारीका आधारमा खोजतलास गर्दा प्रहरीले ०८१ फागुन १७ गते आरोपित यादवको घरको पूजा कोठाबाट अञ्जलि यादवको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आरोपितविरुद्ध मृतकका बुबा शिवधारी यादवले जिल्ला प्रहरी कार्यालय, धनुषामा फागुन १७ गते उजुरी दिनुभयो । शवको पोष्टमार्ट फागुन १७ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भयो ।

अनुसन्धान पश्चात आरोपित यादवलाई गिरफ्तार गरी जेठ ८ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिनु भयो । साथै आरोपितका १० महिनाकी छोरीको सम्बन्ध थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो