२५ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जेठ ५ गते उजुरी दिनुभएको छ ।
क्षिरेश्वरनाथ नगरपालिकामा अवस्थित कागज उद्योगको छेउमै रहेको नदीको किनारामा घाँस काटिरहेकी एक्ली पीडित महिलालाई डर धाक देखाई बलात्कार गरेको पीडित पक्षको भनाई रहेको छ ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरधाममा जेठ ४ गते भयो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर मुद्दा फाँटका वरिष्ठ हवलदार पङ्कज यादवले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जानकारी दिनु भयो ।