INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका-५ का ४५ वर्षीय योगेन्द्र भनिने सार्के लिम्बूलाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८२ जेठ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व जेठ ४ गते इलाका प्रहरी कार्यालय, वसन्तपुर उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ४ गते गरिएको छ ।

अन्य

भिडियो