१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खैरहनी नगरपालिका– १ का १९ वर्षीय कुशल शर्मालाई जिल्ला अदालतका न्यायाधीश रमेश ज्ञवालीको ०८२ जेठ १ गतेको इजलासले ८ वर्ष ४ महिना कैद, २ लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपूर्ती तथा १३ हजार रुपियाँ पीडित राहत कोषमा राख्ने फैसला गरेको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताउनु भयो ।
आरोपितले ०८१ असार १० गते बलात्कार गरेको भनी पीडित पक्षले इलाका प्रहरी कार्यालय खैरहनीमा असार १० गते उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई असार १० गते गिरफ्तार गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण असार १० गते भरतपुर अस्पतालमा गरिएको थियो ।