INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पालाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०८२ वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २ गते गरिएको छ ।

अन्य

भिडियो