ग्रामथान गाउँपालिका-२ का वडाध्यक्ष यादव खतिवडाले आफूलाई गाउँपालिका अध्यक्ष नमोनारायण माझीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।
ग्रामथान गाउँपालिका-२ स्थित पिडारवनी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष माझीले ०८२ वैशाख ३१ गते अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ ।
आफूविरुद्ध मुद्दा लगाउने र लेखाको गरेको काममा अवरोध गरेका कारण गाउँपालिकाको विकास निर्माणलगायतका कार्य प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको पीडितको आरोप छ ।
गाउँपालिका अध्यक्ष माझीले वडाध्यक्षलाई ज्यान मार्ने धम्की नदिएको तर जनताको काम नगरेका कारणले दुई चार शब्द भनेको बताउनु भएको छ ।
घटनाको विरोध गर्दै नेकपा एमालले वैशाख ३ गते विज्ञप्ति गरी वडाध्यक्ष खतिवडाको जीउधनको सुरक्षा र दोषीलाई कारबाहीको माग गरेको छ ।
