INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई बुँदे माग सहित विद्यार्थीहरू आन्दोलनमा

Photo 20250513 Dhanusha (5)

मिथिला बिहारी नगरपालिका-३ मिथलेश्वर मैवाहीस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक पाउनुपर्ने र प्रधानाध्यापक रामजीवन दाहालको सरुवाको माग गर्दै ०८२ वैशाख २८ गते मिथिला बिहारी नगर कार्यपालिकाको कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी रोहित शाहका अनुसार समयमा पाठ्यपुस्तक पाउनुपर्ने र प्रधानाध्यापक रामजीवन दाहालको सरुवा हुनुपर्ने हाम्रो माग रहेको छ । विद्यालयमा पढाई कम राजनीति बढी भएको कारणले गर्दा प्रधानाध्यापक दाहाको सरुवा अति आवश्यक रहेको उनले बताए ।

नगरपालिकाको शिक्षा समितिको २०८२ वैशाख १४ गतेको निर्णय अनुसार गङ्गाप्रसाद प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालय ठेरामा कार्यरत शिक्षक बिन्देश्वर यादवलाई अर्को व्यवस्था नआएसम्मका लागि  जिम्मा दिए तापनि उहाँ हाजिर हुन नमानेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी गरानु भयो ।

स्थानीय अभिभावक विजय ठाकुरले भन्नु भयो, सबै बालबालिकाले पढ्न पाउने अधिकार नेपालको संविधानले दिएको र उक्त संविधानको बमोजिम सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो हक अधिकारबाट वञ्चित नगराउन पालिकालाई आग्रह गर्नुभयो ।

उक्त पालिकाका नगरप्रमुख नागेन्द्र यादवका अनुसार नगर कार्यपालिकाबाट जारी सूचनामा यादवलाई नियम अनुसार हाजिर भई पदीय जिम्मेवारी सम्हाल्न भनिएको छ ।  प्रधानध्यापक दाहाको स्थानमा नयाँ प्रधानाध्यापक पठाउने निर्णय विद्यार्थी आन्दोलन लगत्तै हुने हो जसले विद्यालयको प्रशासकीय व्यवस्थापनमा चासो थपेको बताउनु भयो । साथै विद्यार्थीहरूको माग दुई दिनभित्र पुरा गर्ने नगर प्रमुख यादवले बताउनुभयो।

Photo 20250513 Dhanusha (1)

Photo 20250513 Dhanusha (2)

अन्य

भिडियो