INSEC Online

📅 २०८३ जेष्ठ २१

सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार 

३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका-६ बोलहीया स्थायी घर भइ हाल पर्साको वीरगञ्ज  महानगरपालिका-१३ श्रीपुर बस्ने  ५० वर्षीय दिनानाथ साहलाई प्रहरीले ०८२  वैशाख २८ गते गिरफ्तार गरेको छ भने अर्का ४० वर्षीय पुरुष फरार रहेका छन् ।

पीडित महिलालाई आरोपितहरूले  वैशाख २७ गते घरमा कोही नभएको अवस्थामा डर धम्की देखाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा वैशाख २८ गते उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा गरफ्तार गरिएका साहलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको र फरार रहेको अर्का आरोपितको पनि खोजतलास भइरहेको एसपी गौतम मिश्रले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्या परीक्षण वैशाख २८ गते नारायणी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो