१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–२, वर्दगवाका २८ वर्षीय राधेश्याम पाठकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८२ वैशाख २८ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई विभिन्न प्रलोभन देखाई आरोपितले फागुन २० गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।