३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पचालझरना गाउँपालिका–२ का ३५ वर्षीय कुल टमटालाई प्रहरीले ०८२ वैशाख २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले घर नजिकैको खोलामा घाँस काट्न गएको समयमा वैशाख २७ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले आरोपितविरुद्ध वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको इन्स्पेक्टर बिरबहदुर सुनारले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।