INSEC Online

📅 २०८३ जेष्ठ २१

तीनकुने घटनाः शिव सेना नेपालका अध्यक्ष बस्नेत गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  शिव सेना नेपालका अध्यक्ष मोरङ जिल्ला विराटनगर महानगरपालिका- ३ बस्ने ४७ वर्षीय अनिल बाबा भनिने अनिल बस्नेतलाई २०८२ वैशाख २८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।

“राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” नामक संस्थाले आयोजना गरेको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) लाई गिरफ्तार गरेको एसपी बोहराले जानकारी दिनु भयो ।

अन्य

भिडियो