INSEC Online

📅 २०८३ जेष्ठ २१

समाजिक सञ्जाल मार्फत चरित्र हत्या घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालको दुरुपयोग गरी २८ वर्षीया महिलाको चरित्र हत्या गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २४ वर्षीय धिरेन्द्र दासलाई कुर्था प्रहरी चौकीले ०८२ वैशाख २४ गते गिरफ्तार गरेको छ ।

आरोपित दासले वैशाख ११ गते कम्प्यूटर प्रणालिको माध्यमद्वारा पीडित महिलाको फोटो इडिट गरी सामाजिक सञ्जाल टिकटकमा अश्लिल भिडियो बनाएको आरोपमा पीडितले वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको थियो ।

उक्त उजुरीको आधारमा कुर्था प्रहरी चौकीले आरोपित दासलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको कुर्था प्रहरी चौकीका वरिष्ठ हवलदार रामचन्द्र मण्डलले जानकारी दिनु भयो ।

अन्य

भिडियो