३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका-९ भलुवा चोकका ४४ वर्षीय मोहनकुमार मगरलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८२ वैशाख २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २२ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा वैशाख २२ गते गरिएको छ ।