INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरूविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानपा–५, हाटवजारका २२ वर्षीय साजन गोतामे सोही ठाउँका २० वार्षीय विकास विक, २० वर्षीय निर्मल विक, २२ वर्षीय रोशन सुनार र देवदह नपा–१० चरङ्गेका २३ वर्षीय विनोद सुनामविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा ०८२ वैशाख १९ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । घटनाका आरोपित गोतामेलाई वैशाख १९ गते गिरफतार गरिएको र अन्य आरोपितहरू फरार रहेकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी इन्द्र बहादुर रानाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो