२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितहरूले मङसिर १८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले मङ्सिर १९ गते प्रहरीमा उजुरी दिएकी थिइन्
पीडित महिलालाई बलात्कार गरेको आरोपमा म्यादे गाउँपालिकाका ३९ वर्षीय विक्रम थापा, २५ वर्षीय दिनेश थापा, २५ वर्षीय प्रविण थापा, २५ वर्षीय भानुभक्त कुमाल र २५ वर्षीय नरेश कुमाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
सो घटनामा संलग्न भएका अन्य दुईजना आरोपित भने फरार रहेको इलाका प्रहरी कार्यालय, बेलचौताराका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए । पीडित महिलाको मङ्सिर १९ गते नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ ।