चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिका–१, बनकट्टीका १९ वर्षीय विशाल परिवारलाई प्रहरीले ०८२ वैशाख १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १६ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।