INSEC Online

📅 २०८३ जेष्ठ २२

शिक्षक महासङ्घको आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित

नेपाल शिक्षक महासङ्घले गरेको आन्दोलनका कारण कक्षा १२ को परीक्षा प्रभावित भएको छ । कक्षा १२ को परीक्षा स्थगित भएपछि जिल्लाका ३ हजार भन्दा बढि विद्यार्थी प्रभावित भएका छन् ।

जिल्लाभर कक्षा १२ को परीक्षाका लागि ११ ओटा परीक्षा केन्द्र तोकिएको थियो । तोकिएका परीक्षा केन्द्रहरूमा नियमित तर्फ २ हजार २ सय ५४ र ग्रेटबृद्धि तर्फ ९ सय ५५ गरी ३ हजार २ सय ९ जना विद्यार्थीहरू परीक्षामा सहभागि हुनेभएका थिए ।

शिक्षक महासङ्घको आन्दोलनका कारण विद्यालय बन्दभएकाले विद्यार्थीको परीक्षा प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी प्रकाश रानाभाटले बताउनुभयो ।

कक्षा १२ को परीक्षाका लागि शारदा मा.वि. बाह्रविसे, सेतिदेवीशारदा मा.वि. लामोसाघु, बालशिक्षा मा.वि. खाडीचौर, जाल्पा मा.वि. कोठे, आनन्द मा.वि. जलवीरे, कृष्णरत्नगंगा मा.वि. चौतारा, ज्ञानमन्दिर नमूना मा.वि. मेलचौर, ऐसेलुखर्क मा.वि.बाडेगाउ, जाल्पादेवी मा.वि. बाहुनेपाटी, इन्द्रेश्वरी मा.वि. मेलम्ची र क्षेत्रपलेश्वरी मा.वि. भोटेनाम्लाङ गरी ११ ओटा परीक्षा केन्द्र तोकिएको थियो ।

तोकिएका ११ वटा परीक्षा केन्द्रहरूमा ७० वटा विद्यालयका ३ हजार २ सय ९ जना विद्यार्थीहरू परीक्षाबाट प्रभावित भएका हुन् ।

अन्य

भिडियो