शिक्षा ऐन माग गर्दै चैत २०८१ चैत २० गते देखि सडक आन्दोलनमा रहेका शिक्षकहरुले बानेश्वरमा ०८२ वैशाख १४ गते निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप हुँदा २६ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताउनु भयो ।
![]()
घाइते हुनेहरुमा सिन्धुपाल्चोकका सुवास गिरी, गोरखाका भगवान शाक्य, बर्दियाका दीपबहादुर घर्ती, पुण्य शर्मा, सिन्धुलीका कमलबहादुर बस्नेत, महोत्तरीका विकासराज झा, बझाङका हरि प्रसाद जोशी, शोभाजंग केसी, ममता कुमारी साह, कञ्चनपुरका पुण्यमणि जोशी, बाग्लुङका भानुभक्त मैनाली, नुवाकोटका विष्णु कुमारी सुवेदी, कैलालीका खडक मनि, खोटाङका धर्मसिंह सार्की, लीलाभक्त बस्नेत, सिराहाकी देव कुमारी यादव, धनुषाका महेन्द्र साह, जाजरकोटका तेजबहादुर खत्री, रौतहटका वीरेन्द्र पण्डित, धनुषाका वेचन यादव, जुम्लाका देवीशर्मा धिताल, रामबहादुर शाही, झापाका प्रवीण दियाली, कृष्णमाया रिजाल, शान्ता निरौला, अर्घाखाँचीका यश गौतम, रौतहटकी कुसन कुमारी साह र पत्रकार सबिना कार्की घाइते हुनु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घाइतेहरूको ट्रमा सेन्टर, सिभिल हस्पिट र बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताउनु भयो ।
![]()