३१ वर्षीया महिलालाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले जिल्ला गुल्मी मुसीकोट नपा–३ घरभई बुटवल उपहानपा-६ बस्ने ३७ वर्षीय युवराज सापकोटालाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ चैत १८ गते सामाजिक सञ्जालमा आपत्तिजनक फोटोहरू राखेर चरित्र हत्या गरेको भन्दै पीडित महिलाले वैशाख ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी इन्द्र बहादुर रानाले बताउनु भयो ।