२२ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका आरोपित धनगढीमाई नगरपालिका-१ का ३५ वर्षीय राधेश्याम कामैतलाई इलाका प्रहरी कार्यालय लहानले ०८२ वैशाख ९ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०८१ फागुन ७ गते बलात्कार गरेको र कुटपिट गरी गर्भपतन गराएको आरोपमा फागुन ९ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडितले बताइन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा फागुन ९ गते भएको थियो ।
फरार आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर अनिल बैठाले बताउनु भयो ।