२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-१२ साङरूम्बा स्थायी घर भइ देउमाई नगरपालिका-७ सिद्धिथुम्का बस्दै आएका २४ वर्षीय मनोज भनिने वुद्धिराज लिम्बूलाई वैशाख ११ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८१ असार १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयोे ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ असार २५ गते गरिएको थियो ।