तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले झापा जिल्ला अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओम प्रकाश लुइँटेललाई २०८२ वैशाख ८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनु भयो ।
लुइँटेललाई निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आराेपमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोहराले जानकारी गराउनु भयो ।