INSEC Online

📅 २०८३ जेष्ठ २१

राँके जुलुस निकालेको आरोपमा चार जना गिरफ्तार 

राँके जुलुस निकालेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेता कार्यकर्तालाई विराटनगरबाट गिरफ्तार गरेको छ ।

विराटनगरमा ०८२ वैशाख ७ गते राँके जुलुस निकालेको आरोपमा प्रहरीले राप्रपा मोरङका जिल्ला सदस्यहरू शम्भु भट्टराई, उदेश पन्त, समन चौहान र अजय झालाई विराटनगर स्थित रोडशेष चोकबाट गिरफ्तार  गरेको हो ।

गिरफ्तारीमा परेकाहरूलाई वडा प्रहरी कार्यालयमा राखिएको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

काठमाण्डौंमा आफ्ना नेताहरूलाई गिरफ्तार गरेको विरोधमा राप्रपा मोरङले वैशाख ७ गते साँझ विराटनगरमा राँके जुलुस निकालेको प्रहरीले जनाएको छ ।

विराटनगरको जलजलाचोकबाट निस्किएको जुलुस हनुमान मन्दिरचोकमा पुगेर समापन भएको थियो ।

सूचना नदिई विरोध कार्यक्रम गरेका कारण राँके जुलुसमा संलग्न भएका नेताहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भएको छ ।

Photo 20250420 Morang

अन्य

भिडियो