INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।

युवतीलाई आरोपितले ०८१ चैत २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८२ वैशाख २ गते इलाका प्रहरी कार्यालय, उर्लावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण उर्र्लावारीस्थित मदन भण्डारी ट्रमा सेण्टर, मङ्गलवारे अस्पतालमा वैशाख ३ गते गरिएको छ ।

अन्य

भिडियो