२५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदमकुमार तामाङलाई चैत ३१ गते गिरफ्तार गरेको छ ।
नेपाली सेनाको सहसेनानी पदमा कार्यरत रहेको र विवाह गर्ने प्रलोभनमा पारी ०८१ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित युवतीले आरोपितविरूद्ध चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानबहादुर राईले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ चैत ३१ गते गरिएको छ ।