पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तुलसिपुर उमनपा-२, खैरीपुरका ६५ वर्षीय टङ्कबहादुर योगीलाई प्रहरीले चैत ३१ गते गिरफ्तार गरेको छ ।
आफ्नै घरमा बोलाएर चैत २९ गते बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ३० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।