२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका-५ कर्मीटारका ५३ वर्षीय कवीरमान मगरलाई चैत ३१ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०८१ चैत २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई छथर जोरपाटी गाउँपालिका-५ परेवादिनबाट गिरफ्तार गरिएको डिएसपी खनालले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २९ गते गरिएको छ ।