INSEC Online

📅 २०८३ जेष्ठ २१

तीनकुने घटनामा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं गिरफ्तार

तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले  आन्दोलनका कमान्डर झापा जिल्ला विर्तामोड नगरपालिका- ५ का ५४ वर्षीय दुर्गा प्रसाईं र बुद्धशान्ति गाउँपालिका- ३ का उनका अंगरक्षक ५१ वर्षीय दिपक खड्कालाई २०८१ चैत २९ गते  झापाको भद्रपुरबाट गिरफ्तार गरी काठमाडौँ ल्याएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो ।

चैत २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर राज ढकालको इजलासले दुर्गा प्रसाईं र खड्कालाई राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न  १२ दिनको म्याद थप गरेको  एसपी बोहोराले जानकारी दिनु भयो।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो। प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा  व्यक्तिको घर, व्यापारिक भवन, पार्टी कार्यालय, सवारी साधनमा तोडफोड र आगजनी भएको थियो। प्रसाईं सोही दिनदेखि फरार थिए।

अन्य

भिडियो