INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चन गाउँपालिका–३, रुद्धपुरका ३६ वर्षीय जनक अधिकारीलाई प्रहरीले ०८१ चैत २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २५ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो