१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगरका २४ वर्षीय शिवम् शहालाई ०८१ चैत २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै बालिकाले आमालाई जानकारी गरेपछि आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको धनगढी उपमहानगरपाकिा–२ की सामाजिक परिचालक निर्मला खडकाले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला पहरी कार्यालय, कैलालीका इन्स्पेक्टर दर्शन खडकाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।