१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोटहीमाई गाउँपालिका–७, मर्चवारीका २५ वर्षीय कञ्चम हरिजनलाई प्रहरीले ०८१ चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाइ चैत ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।