INSEC Online

📅 २०८३ श्रावण ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–१, मोडवा चौराहा २१ वर्षीय कल्लु भन्ने तौफिक फकिर मुसलमानलाई प्रहरीले ०८१ चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो