३० र २६ वर्षीया दुई महिलाहरूले भारतको बिहार राज्य मोतिहारी घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ इनर्वामा डेरा गरी बस्ने मुन्ना खाजा घरका सञ्चालक ३५ वर्षीय मुन्ना आलमविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा चैत १२ गते उजुरी दिनुभएको छ ।
आरोपित आलमले रोजगारी र पैसाको प्रभोलन देखाई होटलमा आउने ग्राहकहरूसँग यौनजन्य कार्यमा लगाएकोले प्रहरीमा उजुरी दिएको पीडितद्वयको भनाइ रहेको छ ।
पीडितद्वयले आरोपितविरुद्ध मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा उजुरी दिएको एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।उजुरीपश्चात आरोपित फरार रहेको र जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र लिइ खोजतलास अगाडि बढाउने एसपी मिश्रले जानकारी दिनुभयो ।