१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ असोज २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ६ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ६ गते स्वास्थ्य कार्यालय, बझाङमा गरिएको छ ।