भरतपुर महानगरपालिका-१० स्थित भरतपुर विमानस्थलबाट राप्रपा युवा सङ्गठनका केन्द्रीय सदस्य सचिव निराजन बमलाई प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ ।
हेटौँडामा चैत २ गते राप्रपाले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएको आरोपमा कालिकोट घर भएका बम गिरफ्तार भएका हुन् ।
बम भरतपुरबाट काठमाडौँ जहाजमा जाने तयारीमा रहेको अवस्थामा विमानस्थलबाटै गिरफ्तार गरी मकवानपुर प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी रविन्द्र खनालले बताउनुभयो ।