INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका-७ का ६५ वर्षीय विष्णुदेव रामलाई चैत २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ चैत १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय, इटहरीमा सोही दिन उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,घोपामा चैत १ गते गरिएको छ ।

अन्य

भिडियो