INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन गृहमन्त्रीको आग्रह

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माण खारेजीको माग गर्दै आएको नो केवलकार समूहलाई गृहमन्त्री रमेश लेखकले वार्तामा आउन आग्रह गर्नु भएको छ ।

केवलकार निर्माण खारेजीको माग गर्दै आएको पक्षलाई गृहमन्त्री लेखकले वार्ता र सम्वादबाट समस्या समाधान गर्न ०८१ फागुन १७ गते वार्ताका लागि आग्रह गर्नु भएको हो ।

राष्ट्रियसभा बैठकमा ०८१ फागुन १७ गते ‘नो केवलकार’ समूहको मागप्रति सरकार गम्भीर रहेको बताउँदै गृहमन्त्री लेखकले आन्दोलनरत पक्षलाई वार्ताका लागि आग्रह गर्नु भएको हो ।

केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार गम्भीर भएकाले आन्दोलनरत पक्षलाई वार्ताका लागि आग्रह गरिएको गृहमन्त्री लेखकको भनाइ छ ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने विषयमा सरकारले ०७५ पुस १६ गते निर्णय गरेकाले सोही अनुसार केवलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र रूख बिरुवा हटाउन स्वीकृति दिने ०७५ पुस १६ गते सरकारले निर्णय गरेको मन्त्री लेखकको भनाइ छ ।

‘पहिलेकै निर्णय अनुसार काम अघि बढेको र निर्माणधीन केवलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेशनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय ०८० माघ २ गते भएको गृहमन्त्री लेखकको भनाइ छ ।

केवलकारको विषयमा आन्दोलनरत पक्षले बन्द हडताल लगायतका गतिविधि गरेपछि सरकारले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ०८१ माघ २० गते वार्ता टोली गठन गरेको छ ।

सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित वार्ता टोलीसँग ‘नो केवलकार’ पक्षधरको वार्ता भएपनि निश्कर्षमा पुग्न सकेको छैन् । आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ताको टोलीको माग गर्दै आएको छ ।

आन्दोलनरत पक्षले ०८१ फागुन १३ गते विज्ञप्ति जारी गरी वार्ताका लागि चार ओटा सर्त अघि सारेको छ ।

अन्य

भिडियो