नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जोरपाटी जाने कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि प्रहरीले ३५ वर्षीय राजु सुनुवार, ३१ वर्षीय किरण केसी, २९ वर्षीय राजेश दाहाल र ३३ वर्षीय मोहन सिंह गरी चार जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले जानकारी दिनु भयो।
काठमाडौँको जोरपाटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न खोजेको आशंका लागेपछि प्रहरीले चार जनालाई गिरफ्तार गरेको एसपी बोहराले बताउनु भयो ।
चार जनाले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको विरोध गर्ने भनेर सूचना राखेकै आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।