१५ वर्षीया बालिकालाई ०८१ पुसदेखि माघ २८ गतेसम्म पटक–पटक बलात्कारको आरोपमा जाजरकोट जिल्ला नलगाड नगरपालिका–८ घर भई धार्चे गाउँपालिकाको एक विद्यालयमा अध्यापन गराउने शिक्षक ३५ वर्षीय कमलबहादुर बोहोरालाई ०८१ फागुन ७ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडितका आफन्तले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात आरोपित शिक्षकविरुद्ध फागुन १२ गते जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ८ गते जिल्ला अस्पतालमा भएको थियो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको